मुख्य न्यायाधिवक्ताज्यूले व्यक्त गर्नु भएको होलीको शुभकामना

फागु पुर्णिमा (होली पर्व) २०७९ को अवसरमा म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिकालागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश हो। अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन्। यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्परा छन्। हाम्रा चाडपर्वहरुले समुदायबीच सद्‍भाव बढाउछन्। समुदायलाई एकताबद्ध गर्न सघाउछन्। विभिन्‍न धर्म, भाषा र संस्कृति मान्‍ने समुदायहरुलाई आआफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्न पनि अभिप्रेरित गर्दछन्।

असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्दछ। यस वर्षको फागुन २२ र २३ मा मनाइने फागु पुर्णिमा (होली पर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै समुदायकाबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याओस भन्‍ने शुभेच्छा सहित सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

मुख्य न्यायाधिवक्ता बीरेन्द्र कुमार ठाकूर

मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेश प्रदेश

मधेश भवन, जनकपुरधाम धनुषा ।


संलग्न जोडिएका विवरणहरु

No Attachments

अपडेटः March 23-03-06