"न्यायिक समितिको सदस्यहरुको क्षमता अभिबृद्धि, सशक्तिकरण र सबलीकरण" सम्बन्धि २ दिने कार्यक्रम

मिति २०८०।०३।०८ र ०९ गते महोत्तरी जिल्ला स्थित होटल बिनायक बर्दिबास प्रा.लि मा मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेशको आयोजनामा "न्यायिक समितिको सदस्यहरुको क्षमता अभिबृद्धि, सशक्तिकरण र सबलीकरण" सम्बन्धि २ दिने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता मुख्य न्यायाधिवक्ता श्री बीरेन्द्र कुमार ठाकुर ज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथिमा माननीय प्रदेश प्रमुख श्री हरि शंकर मिश्रज्यूको उपस्थिति रहेको थियो । त्यस्तै अतिथिको रुपमा मधेश प्रदेशका प्रमुख सचिव श्रीमान् किशोर कुमार चौधरी ज्यू रहनु भएको थियो । कुल ५ वटा सत्र संचालन गरिएको उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा अधिवक्ताहरु श्री पंकज कर्ण, श्री अजय शंकर झा, श्री दिलिप मण्डलको सहभागिता रहेको थियो । त्यस्तै मुख्य न्यायाधिवक्ता ज्यू र यस कार्यालयका उपन्यायधिवक्ता श्री मनोज कुमार गुप्ता ज्यूबाट समेत एक/एक वटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

Title Download Count View & Download
"न्यायिक समितिको सदस्यहरुको क्षमता अभिबृद्धि, सशक्तिकरण र सबलीकरण" सम्बन्धि २ दिने कार्यक्रम 74   View  Download

अपडेटः June 23-06-26

समाचार

मा. मुख्य न्यायाधिवक्ता श्री बीरेन्द्र कुमार ठाकुर ज्यूबाट आर्थिक बर्ष २०७९।८० को बार्षिक प्रतिवेदन पेश

"संविधानको एकल सूची र साझा सूचीका अधिकार कार्यान्वयनको अवस्थाको सम्बन्धमा अन्तरक्रिया" कार्यक्रम सम्पन्न

"न्यायिक समितिको सदस्यहरुको क्षमता अभिबृद्धि, सशक्तिकरण र सबलीकरण" सम्बन्धि २ दिने कार्यक्रम

माननीय प्रदेश प्रमुख हरिशंकर मिश्रज्यू समक्ष मुख्य न्यायाधिवक्ता श्री वीरेन्द्र कुमार ठाकुरले आ.व २०७८।०७९ को बार्षिक प्रतिवेदन आज मिति २०८०।०२।१८ ...

‘त्यसपछि बल्ल न्याय पाइयो’

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा श्री बिरेन्द्र कुमार ठाकुर नियुक्त हुनुभएको छ ।

उच्च तथा जिल्ला सरकरी वकील कार्यालय (मधेश प्रदेश) का सरकारी वकीलहरुसँग अभियोजन तथा प्रदेश कानून सम्बन्धी छलफल र अन्तरक्रिया कार्यक्रम

निःशुल्क कानूनी सहायता प्रदायक अधिकृतहरुको वर्तमान अवस्था र प्रभावकारी कार्यान्वयनका लागि भावी रणनिती

उच्च सरकारी वकील कार्यालय जनकपुरधाम लाई फर्निचर लगायतका सामाग्री हस्तान्तरण

प्रदेशको संवैधानिक अधिकार र प्रदेश कानून बिषयमा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ स्थितमा भएको सम्मेलन कार्यक्रम

डेस्कटप कम्पयुटर तथा प्रिन्टर सहयोग