प्रेस विज्ञप्ति - खण्डन सम्बन्धमा

मिति २०८०।०४।१२ गते

मुख्य न्यायाधिवक्ता ज्यू प्रदेश सरकारको तर्फबाट बहस पैरबी गर्न सर्वोच्च अदालत काठमाडौं प्रस्थान गर्न जाने दिन कार्यालय सहयोगी अनिला कुमारी यादवसँग मुख्य न्यायाधिवक्ता ज्यूले मुद्दासँग सम्बन्धित फाइल माग गरेकोमा सो फाइलमा केही महत्वपूर्ण कागजात छुट भएको र सो छुट कागजात पेश गर्न निजलाई आदेश भएकोमा निजले पछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट छुट फाइल समेत ल्याई यस कार्यालयका अर्को कार्यालय सहयोगी गोविन्द पण्डितलाई रुष्ट व्यवहारमा मुख्य न्यायाधिवक्ताले मागेको फाइल यहाँ छ भनी पेश गरेको प्रसङ्गमा निज कार्यालय सहयोगी अनिला कुमारी यादवलाई तपाई किन रुष्ट भएर कार्यालयमा व्यवहार प्रदर्शित गर्नुहुन्छ ? कर्मचारीको बोली भनेको सभ्य र सरल हुनुपर्छ । सरकारको नारा नै मुस्कान सहितको सेवा प्रदान गर्ने रहेको हुँदा रुष्ट र रुखो व्यवहारले सेवाग्राही र अन्य कर्मचारी प्रति असल संगठनात्मक व्यवहार प्रदर्शित गर्दैन तसर्थ तपाइले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु भनी मुख्य न्यायाधिवक्ता ज्यूबाट सुझाब भई काठमाडौं प्रस्थान गर्नुभएको र सर्वोच्च अदालत काठमाडौंमा बहस पैरबीको कार्य समाप्ति भए पश्चात मिति २०८०।०४।१४ मा बेलुका ७ बजे मुख्य न्यायाधिवक्ता जनकपुर फर्किनु भएको थियो । तर कार्यालय सहयोगी अनिला कुमारी यादवले मिति २०८०।०४।१४ मा मुख्य न्यायाधिवक्ता ज्यूको चरित्र हत्या हुने गरी विभिन्न प्रतिष्ठित व्यक्तिहरु सँग कुराकानी गरेको र सो विषय उपर मुख्य न्यायाधिवक्ता ज्यूले कार्यालय सहयोगी अनिला कुमारी यादवसँग मिति २०८०।०४।१७ मा आफ्नो कार्यकक्षमा लेखापाल, पि.एस.ओ र कार्यालय सहयोगी गोविन्द पण्डितको रोहबरमा सोधपुछ गर्दा निज कार्यालय सहयोगी अनिला कुमारी यादवले तपाइले मेरो करारको म्याद थप नगर्ने विषय उठान गर्नुभएको हुँदा मैले मलाई नियुक्ति गर्ने व्यक्ति समक्ष निवेदन पेश गरेको हुँ भनेर बोलेको कुरा निज कार्यालय सहयोगी अनिला कुमारी यादवले नै सोही कार्यकक्षमा लुकाई छिपाई अनुमति बिना लिएको भिडियोबाट समेत देखिन आएको छ । निज कार्यालय सहयोगी अनिला कुमारी यादवले म्याद थप गर्ने विषयलाई नै लिएर मुख्य न्यायाधिवक्ता ज्यूको चरित्र हत्या हुने गरी निवेदन प्रस्तुत गरेको विषय निजले तयार गरेको भिडियोबाट नै खण्डन गरेको प्रमाण कार्यालयमा सुरक्षित रहेको छ । उक्त भिडियोको सन्दर्भमा कार्यालयको लेखापाल, पि.एस.ओ र अन्य कार्यालय सहयोगी समेत उपस्थित भएको बखत अनुमति बिना निजले लुकाई छिपाई तयार गरिरहेको कुरा पि.एस.ओ मार्फत जानकारी प्राप्त भई निज कार्यालय सहयोगीको मोबाइल चेक जाँच गर्दा १७ मिनेटको भिडियो प्राप्त हुन आएको हो । सो भिडियोको सम्बन्धमा उपस्थित कर्मचारी र निज कार्यालय सहयोगी अनिला कुमारी यादवले समेत स्वीकार गरी मुचुल्का समेत तयार गरेको प्रमाण सुरक्षित राखिएको हुँदा अन लाइन समाचार पत्रपत्रिकामा आएको खबरमा कुनै सत्यता नरहेको कारण त्यस्ता भ्रामिक समाचार प्रति विश्वास नगर्न अनुरोध गर्दै त्यस्ता समाचार प्रति मुख्य न्यायाधिवक्ताको कार्यालय यसै प्रेस विज्ञप्ति मार्फत खण्डन गर्दछ ।


संलग्न जोडिएका विवरणहरु

Title Download Count View & Download
प्रेस विज्ञप्ति - खण्डन सम्बन्धमा 67   View  Download

अपडेटः August 23-08-09

समाचार

मा. मुख्य न्यायाधिवक्ता श्री बीरेन्द्र कुमार ठाकुर ज्यूबाट आर्थिक बर्ष २०७९।८० को बार्षिक प्रतिवेदन पेश

"संविधानको एकल सूची र साझा सूचीका अधिकार कार्यान्वयनको अवस्थाको सम्बन्धमा अन्तरक्रिया" कार्यक्रम सम्पन्न

"न्यायिक समितिको सदस्यहरुको क्षमता अभिबृद्धि, सशक्तिकरण र सबलीकरण" सम्बन्धि २ दिने कार्यक्रम

माननीय प्रदेश प्रमुख हरिशंकर मिश्रज्यू समक्ष मुख्य न्यायाधिवक्ता श्री वीरेन्द्र कुमार ठाकुरले आ.व २०७८।०७९ को बार्षिक प्रतिवेदन आज मिति २०८०।०२।१८ ...

‘त्यसपछि बल्ल न्याय पाइयो’

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा श्री बिरेन्द्र कुमार ठाकुर नियुक्त हुनुभएको छ ।

उच्च तथा जिल्ला सरकरी वकील कार्यालय (मधेश प्रदेश) का सरकारी वकीलहरुसँग अभियोजन तथा प्रदेश कानून सम्बन्धी छलफल र अन्तरक्रिया कार्यक्रम

निःशुल्क कानूनी सहायता प्रदायक अधिकृतहरुको वर्तमान अवस्था र प्रभावकारी कार्यान्वयनका लागि भावी रणनिती

उच्च सरकारी वकील कार्यालय जनकपुरधाम लाई फर्निचर लगायतका सामाग्री हस्तान्तरण

प्रदेशको संवैधानिक अधिकार र प्रदेश कानून बिषयमा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ स्थितमा भएको सम्मेलन कार्यक्रम

डेस्कटप कम्पयुटर तथा प्रिन्टर सहयोग