वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व द्वादशी - १२
मुख्य न्यायाधिवक्ता डा. सुनिल रंजन सिंह
मधेश प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा डा. सुनिल रंजन सिंह कार्यरत हुनुहुन्छ। कानुनी क्षेत्रमा देढ़ दशकभन्दा लामो अनुभव सँगाल्नुभएका डा. सिंह एक प्रतिष्ठित अधिवक्ता, प्रखर बहसकर्ता , संवैधानिक कानुन, अपराधशास्त्र ,इतिहास,सस्कृति र राजनीति शास्त्रका ज्ञाता हुनुहुन्छ ।
शैक्षिक तथा व्यक्तिगत पृष्ठभूमि
सर्लाही जिल्लाको साबिक गौरीशंकर गाबिस वडा न.५ श्रीनगर हालको कायम भएको ईश्वरपुर नगरपालिका वडा न.१४ मा जन्मिनुभएका डा. सिंहले अचुपन्चर उपचार पधतिमा सनातक सम्मको अध्ययन सकेर प्रमाण पत्र लिने समयमा निजले पढेको क्याम्पस नेपालको विश्वबिद्यालय बाट अनुमति नलिएको कारणले अधिकारिक प्रमाण पत्र हासिल गर्न नसकेर पछि ब्यबसायिक शिक्षा तालिम केन्द्र बाट अ.हे.ब को तालिम प्राप्त गरेर पछि काठमाडौं स्कुल अफ ल बाट ५ बर्षे एल.एल .बि. अध्ययन सकेर सोहि क्याम्पसबाट फौजदारी कानुन तथा न्याय शास्त्रमा स्नातकोतर, त्रिभुवन बिश्वबिद्यालय बाट इतिहास,संस्कृति र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। उहाँले नेपाल संस्कृत विश्वविद्यालयबाट मिथिला संस्कृतिमा दाइजो प्रथा सम्बन्धमा विद्यावारिधि (P.hD.) उपाधि हासिल गर्नुभएको छ । रिसेप्सन म्यानेजमेन्टको तालिममा गोल्ड मेडलिस्ट उपाधि प्राप्त हुनुहुन्छ ।
व्यावसायिक अनुभव तथा बहस पैरवी
अधिवक्ताका रूपमा उहाँले सर्वोच्च अदालतमा संवैधानिक सर्वोच्चता, निर्वाचन प्रणाली र नागरिकता ,समाबेशीता,मधेशी आयोग गठन,भेटिंग सिस्टम,तात्कालीन प्राधन न्यायाधीश हालको प्राधान मन्त्री मा.सुशिला कार्की माथि संसद मा महाभियोग दर्ता भइ निलम्बनमा राख्दा सो विरुद्ध सर्बोच्च अदालतमा मुदा दायर गरी निजको पद जोगाउने जस्ता जटिल एवं दूरगामी महत्त्वका विषयहरूमा मुदाहरु दायर गरी बहस पैरवी गरी सफलता हासिल गर्नु भएको छ । विशेषगरी सार्बनिक सरोकारका मुद्दा (PIL) मार्फत, समानुपातिक समावेशी सिद्धान्त र नागरिकको मौलिक अधिकार रक्षाका लागि उहाँले पुर्याउनुभएको योगदान अतुलनीय छ। उहाले कानूनी पेशा संग संगै कानुन बिषयको आध्यापन पेशामा समेत संग्लग्न हुनुहुन्छ । उहाको दर्जनौं अन्तर्वाता र लेख हरु सामाजिक यूटुब गुगल लागएतको सामाजिक संजालहरुमा उपलब्ध छन ।
सार्वजनिक पदको अनुभव
मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्नुअघि उहाँले नेपाल सरकारका विभिन्न उच्चस्तरीय निकाय तथा आयोगहरूमा रहेर राष्ट्रिय महत्वका कार्यहरू सम्पादन गरिसक्नुभएको छ:
मुख्य न्यायाधिवक्ताको रुपमा नियुक्ति तथा पदभार
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा उहाँलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको हो। उहाँले २०८२ पुस ३० गते प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी आधिकारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो।
प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा उहाँले प्रदेश सरकारको प्रतिनिधित्व गर्ने, कानुनी राय-परामर्श प्रदान गर्ने र प्रदेशको न्याय व्यवस्थालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।