मुख्य न्यायाधिवक्ताको कार्यालयको परिचय

नेपालको संविधानको धारा १६० को उपधारा (५) मा मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार हुनेछ र संवैधानिक एवं कानूनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुने भनी व्यवस्था बमोजिम यस कार्यालयले मधेश प्रदेश सरकार र मातहतका निकायहरु पक्ष भएको र मधेश प्रदेश सरकारलाई विपक्षी बनाई दायर भएको मुद्दामा बहस, पैरवी र प्रतिरक्षा गर्ने कार्य हुँदै आएको छ । त्यस्तै यस कार्यालयले प्रदेशमा बनेका ऐन, नियम, कार्यविधिहरुको निर्माणमा आवश्यक्ता अनुसार संलग्न भई सहयोग प्रदान गर्नुका साथै समयानुकुल कानूनको संशोधन गर्न आवश्यक सल्लाह समेत दिने गरेको छ ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त प्रदेश कानून बमोजिम हुने संवैधानिक व्यवस्था अनुसार प्रदेश दुईको प्रदेश सभाबाट मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ पारित भई लागु भइसकेको छ । यस ऐनको दफा ४ मा संविधानको धारा १६० मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त अन्य काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ ।
यस ऐनले व्यवस्था गरेका मुख्य न्यायाधिवक्ताका काम, कर्तव्य र अधिकार देहाय बमोजिम छन्ः-